३ असार २०८१, आईतवार Sunday 16 June, 2024

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । प्रहरीले चितवन र बाँकेका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ ।

चितवन खैरहनी नगरपालिका-३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाँके कोहलपुर नगरपालिका-११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

प्रतिक्रिया सबै