२ असार २०८१, शनिबार Saturday 15 June, 2024

विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता अनिल आचार्यले बिहीबार उनीहरूको उम्मेदवारीविरुद्ध रिट दायर गरेका हुन् । उनले गच्छदार र जोशीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर गरेका छन् ।

यीमध्ये गच्छदार, जोशी, पाण्डे, साह, गिरीले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया सबै