१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सेयर बजारमा ८२ करोडभन्दा माथिको कारोबार

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार बजार ४.१५ अंकले बढेको हो ।

बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने बिहीबार समेत बढ्न भने सकेन । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ भएको छ । बिहीबार जलविद्युत् उपसमूहबाट अन्य उपसमूह हरियाली देखियो ।

सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । अभियान लघुवित्तमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लाग्दै मूल्य ६६७.९० रुपैयाँ पुगेको छ । मूल्य धेरै बढ्नेमा रुरु जलविद्युत् परियोजना, सामुदायिक लघुवित्त, शिवमः सबैको लुघवित्तसहितका कम्पनी रहेका छन् ।

सिटिजन्स म्युचुअल फण्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट डिभेन्चरसहितको मूल्य धेरैले घटेको छ । नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया सबै