९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

जसपाका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले राजीनामा नदिएको वर्खास्त गर्ने तयारी गरेका छन् ।

एक मन्त्रीका अनुसार बिहीबारसम्म मात्रै प्रधानमन्त्री देउवाले उनीहरुको राजीनामाका लागि पर्खिइनेछ ।

‘उहाँहरुले राजीनामा नगरेर हटाउने तयारी भइसकेको छ । यस विषयमा सत्ता गठबन्धनमा यसअघि नै छलफल भइसकेकको छ’, ती मन्त्रीले भनेका छन् ।

जसपा सत्ता गठबन्धनबाट बाहिरिएको प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेलका लागि मिलेको छ । आगामी चुनावका लागि प्रतिपक्ष दलसँग मिलेको जसपाका मन्त्रीहरु भने कायम छन् ।

जसपाका तर्फबाट भौतिकमन्त्री मोहम्मद इस्तियाकक राई, संघीय मामिला तथा सामान्य् प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, बन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह सरकारमा छन् । चार मन्त्री हटाएपनि नयाँ मन्त्री भने प्रधानमन्त्री देउवाले नियुक्त गर्न पाउने छैनन् ।

प्रतिक्रिया सबै