३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

देउवाद्वारा चार मन्त्री बर्खास्त

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् ।

प्रतिक्रिया सबै