३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

पोखरामा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।

प्रतिक्रिया सबै