१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

विद्यार्थी भिसामा अष्ट्रेलिया जानेले अब ४० घण्टा मात्र काम गर्न पाउने

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी भिसामा आउने मानिसमाथि पुन: निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ ।

यससँगै आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न पाउने छैनन् । अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै यो नियम पुन: लागू गरिने बताएको हो ।

यस वर्षको सुरुवातमा अष्ट्रेलियाको सरकारले विशेष औद्योगिक क्षेत्रमा देखिएको कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो ।

गत महिना सरकारले उक्त नियम थप गर्ने निर्णय गरे पनि आगामी जुन ३० पछि भने पुन: विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ ।

अष्ट्रेलियाको सरकारले विदेशी विद्यार्थीको लागि भिसा नीतिमा सुधार तथा भिसा प्रोसेसिङ र निर्णयमा हुने ढिलाइ न्यूनीकरणका लागि ३ करोड ६० लाख अष्ट्रेलियन डलरबराबरको बजेट छुट्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया सबै