८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेका ५ बागी उम्‍मेदवार पार्टीबाट निष्काशित

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । नेकपा एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

एमालेले सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरिएको जनाएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्काशन गरेको हो ।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

 

 

प्रतिक्रिया सबै