६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

मधेश सरकारका मन्त्रीहरुले राजिनामा नदिने

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । मधेश प्रदेश सरकारमा सत्ता गठबन्धनका दलबाट आवद्ध मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजिनामा नदिने मनस्थितिमा पुगेका हुन् ।

कांग्रेसका एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा दिन भनेकाले आफूहरुले राजिनामा नदिने निर्णयमा पुगेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजिनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजीनामा नदिने भएको स्रोतको भनाई छ ।

यता माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजिनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुको भनाई छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजिनामा नदिए हटाउने तयारी गरेका छन् ।

प्रतिक्रिया सबै