६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ : बाबुराम भट्टराई

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । पूर्व अर्थमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा. भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा. भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए ।

‘जीवनभर गफ दिने र उत्तरार्द्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन । देश बनाउनका लागि सबैले आ-आफ्नो क्षेत्रबाट देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ’ डा. भट्टराईले भने, ‘सबै सेक्टरका सबै जिम्मेवार नागरिक तथा व्यक्तिहरुले जिम्मेवार हुनुपर्नेछ । देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ’ उनले भने ।

सोही अवसरमा डा. भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए ।

कार्यक्रममा डा. भट्टराईले आफुलाई लोकतान्त्रिक पार्टी भनेर गर्भ गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले आर्थिक विज्ञ अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट दिन नसकेको भन्दै आलोचना गरे ।

 

प्रतिक्रिया सबै