८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

काभ्रेको एक उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति

रिकेश बिश्वकर्मा ‘क्षितिज’
 शुक्रबार, अशोज २८ २०७९  

काभ्रे । काभ्रेको एक उद्योग भएको घरमा आगोलागी हुँदा २ करोड २५ लाखको क्षति भएको छ । धुलिखेल नगरपालिका-४ स्थित तोलाङे टोलमा ‘ए वान नुड्ल्स एन्ड सस’ उद्योगमा आज बिहान ११ बजे बाट सुरु भएको आगोलागी झण्डै ३ घण्टा पछी निभाइएको हो ।

उद्योगको करिव २ करोड २५ लाखको बराबरको क्षती भएको सञ्चालन शम्भु कार्किको भनाई छ । आगोलागिबाट उद्योग रहेको घरको दोस्रो तलासम्म राखेका सामान सबै जलेर नष्ट भएको उनले बताए । उनका अनुसार स्टक सामान ढोका, झ्याल लगायत अर्को एउटा ट्रसमा समेत क्षती पुर्याएको बताए । आगोलागिमा कुनै मानविय क्षती भएको छैन ।

ग्यास लिग भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डि.एस.पि ढुण्डी राज न्यौपानेले जानकारी दिए । आगो नियन्त्रणको लागि धुलिखेल, बनेपा र भक्तपुरबाट दमकमसमेत मगाईएको थियो ।

प्रतिक्रिया सबै