२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर १ जनाको मृत्यु

 शनिबार, अशोज २९ २०७९  

काठमाडौं । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका-२ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु रुखबाट खसेका थिए ।

रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर थापाले बताए ।

 

प्रतिक्रिया सबै