५ असार २०८१, मंगलवार Tuesday 18 June, 2024

शताब्दी पुरुष सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जलि

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शरीर महानगरको कार्यालयमा राखिएको हो ।

महानगरपालिका परिसर ल्याउनुअघि उनको शव किस्ट अस्पतालको प्रांगणमा राखिएको थियो । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने बताइएको छ ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो ।

डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।

त्यस्तै १२ बजेदेखि १२:३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२:३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

त्यस्तै ४ बजेदेखि ४:३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया सबै