२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश दिएको हो । अदालतले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।

एकीकृत समाजवादी पार्टीका नेतासमेत गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने उल्लेख छ । आफू कालोसूचीमा नपरेको र निर्देशिका समेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने भन्दै रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया सबै