३० असार २०८१, शनिबार Saturday 13 July, 2024

डेंगुबाट ४८ जनाको मृत्यु, ४० हजार बढी संक्रमित

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । नेपालमा यसवर्ष साउनयता डेंगु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २९ गतेसम्म ४८ जनाको मृत्यु भएको हो ।

यस्तै संक्रमितको संख्या ४० हजार २९ र मृतकको संख्या ४८ पुगेको महाशाखाको तथ्यांकमा उल्लेख छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ ।

हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । संक्रमितको संख्या समुदायस्तरमा अझै ५ गुणा बढी हुनसक्ने विज्ञहरुको आकलन छ ।

 

प्रतिक्रिया सबै