८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

केपी ओलीले निरंकुश प्रवृत्ति देखाए : भुसाल

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले निरंकुश प्रर्वत्ति देखाएको बताएका छन् । रुपन्देहीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य टिकट नपाएपछि एमाले छाडेका नेता भुसालले ओलीको व्यक्तिवादी प्रवृत्तिकै कारणले एमालेमा विचलन आएको बताए ।

रुपन्देही—१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले भने- ‘ओलीले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर काम गर्नुभयो र संविधान र लोकतन्त्रमाथि प्रहार गर्नुभयो । ओलीमा निरंकुश प्रवृत्ति देखियो । ’

रुपन्देहीमा गठबन्धनको निर्वाचन सभामा सक्रिय भएर लागिरहेका नेता भुसाललाई सत्ता गठवन्धनको समर्थन छ । उनले आफ्नो टिमले निर्वाचन जितिसकेको पनि दाबी गरेका छन् ।

नेता भुसाललाई पार्टी अध्यक्ष ओलीले अन्तिम समयमा टिकट नदिएपछि एमाले छाडेका हुन् । उनले आफूमाथि पार्टीले अन्याय गरेको भन्दै एमाले छाडेको घोषणा गरेका छन् । एमालेका अर्का नेता भीम रावलले पनि टिकट पाएनन् । तर उनी एमालेमै रहेर संघर्ष गर्ने बताएका छन् ।

प्रतिक्रिया सबै