१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

ओलीमाथि देउवाको आरोप : राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो

 मङ्लबार, कार्तिक १ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको आरोप लगाएका छन् ।

ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै देउवाले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको बताएका हुन् ।

‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति ६र७ बजेतिर गरेको भए पनि हुन्थ्यो । त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो’, उनले भने ।

संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको पनि बताए । देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने भन्दै उनले भने— ‘तर उहाँले चुनाव हुने समय भन्दा २ वर्षअघि नै ९संसद० भंग गरिदिनुभयो ।’

 

प्रतिक्रिया सबै