२७ असार २०८१, बुधबार Wednesday 10 July, 2024

यस्तो छ नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर

 मङ्लबार, कार्तिक १ २०७९  

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मले सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा देखाइएको छ ।

सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा लगायतले अभनिय गरेका छन् । फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् ।

नेपालमा झण्डै एक महिना रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । चार जना साथीहरु भेट भएपछि नेपाल घुम्न निस्किएको यो रोमाञ्चक कथालाई नेपाली दर्शकले पनि रुचाउने अपेक्षा छ । ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुँदैछ छ ।

 

प्रतिक्रिया सबै