१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भिटेनका फ्यान चिन्तित !

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई माया गर्ने फ्यान यतिबेला चिन्तित् छन् । गत साता जापान कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए ।

भिटेनको मानसिक स्थितिलाई लिएर उनका फ्यान चिन्तित बनेका हुन् । युवा पुस्तामाझ चर्चित भिटेनको आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक मंगलबार रातिदेखि उनले अन्य गीत पनि हटाएका थिए ।

बुधबार दिउँसो भने आफूले हटाएका यी सबै गती युट्युबमा पुनः राखेका छन् । यस्तै, उनले सामाजिक सञ्जालमा इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय रहेको छ ।

भिटनेले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । भिटेनले यस्तो गरेपछि फ्यानलाई थप चिन्तित बनाएको हो । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।

त्यसो त भिटेन कहिले काँही विवादमा आउने पनि गरेका छन् । उनी पक्राउ समेत परेका थिए । तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत पनि गाएका छन् । ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’, ‘मान्छे खत्तम’ लगायत उनका सन्देशमुलक गीत हुन् ।

प्रतिक्रिया सबै