६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

एम्बुलेन्स अभाव झेलिरहेको गाउँमा भीषणको आर्थिक सहयोग

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । गायक भीषण मुकारुङले एम्बुलेन्स अभाव झेलिरहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिकालाई सहयोगस्वरुप एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

काठमाडौं नाचघरमा गत असोज ६ गते भएको ‘भीषण एकल साँझ’बाट संकलित सो रकम एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरेका हुन् ।

उनले ठूलो सहयोग गर्न नसके पनि सामाजिक हितमा पहिलो प्रयास भएको र अन्य सहयोगीलाई पनि हातेमालो आशा व्यक्त गर्दै अरुको साथले आफ्नो गाउँमा एम्बुलेन्स ल्याउने सपना पूरा हुने बताएका छन् ।

आफ्नो जन्मथलो टेम्केमैयुङ गाउँपालिकाका नागरिकले एम्बुलेन्स अभावमा वर्षौँदेखि खेप्नुपरेको सास्ती हटाउन एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको उनको भनाई छ ।

टेम्केमैयुङ गाउँपालिकाका सबै वडामा अझै पनि स्ट्रेचरबाटै बिरामी ओसारपसार गर्ने बाध्यता छ । दुई दशक लामो सांगीतिक यात्रा पूरा गरेका भीषणले सामाजिक काम पनि थालेका हुन् ।

मुकारूङले करिब ३ सय वटा गीतमा स्वर र संगीत दिइसकेका छन् । उनका थुप्रै गीत हिट छन् । उनी २१ औँ टुबोर्ग इमेज ‘उत्कृष्ट लोकगायन’बाट सम्मानित पनि भएका छन् ।

प्रतिक्रिया सबै