१० असार २०८१, आईतवार Sunday 23 June, 2024

सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि गोली प्रहार

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवका अनुसार लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए ।

अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन् । गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ । प्रहरीले सबै इकाइलाई अलर्ट गरी चेकजाँच गरिरहेको छ ।

घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ । उनीमाथि तीन राउन्ड गोली प्रहार भएको छ ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । उनको अवस्था मध्यम छ । उनलाई जहाजबाट काठमाडौं ल्याइँदै गरेको डिएसपी यादवले बताए ।

प्रतिक्रिया सबै