३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

बैंक अफ काठमाण्डूले ल्यायो तिहार लक्षित नगदफिर्ता योजना

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारमा आफ्ना ग्राहकरुलाई २५% सम्मको नगद फिर्ता योजना ल्याएको छ । मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हो ।

यस नगदफिर्ता योजना २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहनेछ । यो योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले मात्र नगदफिर्ता पाउने यस बैंकले जनाएको छ ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

यस बैंकले ग्राहक तथा शेधरधनीहरुका उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २०.९५% लाभाशं वितरण गर्ने प्रस्ताव ल्याईरहेको छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहक तथा शेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरीरहेको छ ।

विधुतीय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया सबै