१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

राष्ट्रपतिसँग राजदूत यान्छीको बिदाइ भेट

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।

बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया सबै