६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

आचारसंहिता उल्लंघन गर्ने ३५ उमेदवारलाई आयोगले कारबाही गर्ने

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उमेदवारलाई कारबाही गर्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिएका ३५ जना उमेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही गर्ने भएको हो ।

बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उमेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको र कारबाहीको तयारी गरेको बताए ।

आयुक्त भण्डारीका अनुसार आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उमेदवारीहरूलाई आग्रह समेत गरे ।

प्रतिक्रिया सबै