६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

डेंगुबाट ५१ जनाको मत्यु, ४२ हजार बढी संक्रमित

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । यसवर्षको साउनयता डेंगी संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालले कात्तिक २ गतेसम्म संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको जानकारी दिएका हुन् ।

महाशाखाका अनुसार डेंगी संक्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया सबै