३ असार २०८१, आईतवार Sunday 16 June, 2024

हामी विकासका लागि प्रतिबद्ध छौँ : देव गुरुङ

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे । गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनले बताए ।

देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको गुरुङले बताए । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्य लगायतको समग्र विकासमा लागि गठबन्धनका उम्मेदवारलाई बिजय गराउनुपर्ने उनको भनाई थियो ।

आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको र आफूलाई विजयी गराउन उनले अनुरोध गरे । सुन्दरबजार नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै अब पुनः चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया सबै