३ असार २०८१, आईतवार Sunday 16 June, 2024

नेपाललाई बिजुली बेच्न ५ प्रस्ताव

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डरमा ५ वटा प्रस्तावहरु परेका छन् । प्रतिस्पर्धामार्फत विद्युत् खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो ।

प्राधिकरणले प्राप्त प्रस्तावहरुमाथि मूल्यांकन थालेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आहृवान भएको थियो ।

भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिएका छन् । प्रधिकरणका अनुसार फरक,फरक परिमाणसहितका प्रस्तावहरु परेका छन् । जसको औसत मूल्य प्रतियुनिट करिब ८ रुपैयाँ पर्ने देखिएको प्राधिकरण्का अधिकारीहरुको अनुमान छ ।

हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आहृवान गरेको हो । अहिले ३७४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न लागेको हो ।

यसअनुसार करिब आगामी ६ महिनामा भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ । गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो । रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो ।

रुस-युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ । जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक सम्झौता गरेर विद्युत् बिक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।

यो वर्ष भारतबाट खरिद हुने भन्दा भारतलाई विक्री गरिने बिजुलीको परिमाण बढी हुने प्राधिकरणको प्रक्षेपण छ । ७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले जेठयता १ अर्ब युनिट बिजुली भारत निर्यात गरेको छ ।

प्रतिक्रिया सबै