३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

बाजागाजासहित भोट नमाग्न निर्वाचन आयोगको निर्देशन

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । निर्वाचन आयोगले आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो ।

राजनीतिक दल, उम्मेदवार, भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।

यस्तै, बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने, घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने आयोगले जनाएको छ । बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने तर्फपनि आयोगले सचेत गराएको हो ।

 

प्रतिक्रिया सबै