१० असार २०८१, आईतवार Sunday 23 June, 2024

कमेडियन अपूर्व क्षितिजलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह धरौटी बुझाएर छुट्ने भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । उनलाई पुनः पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा लगेको थियो ।

चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा संस्कृति अभियन्ताले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

प्रतिक्रिया सबै