३० असार २०८१, शनिबार Saturday 13 July, 2024

बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन् ।

आफूले पाएको जिम्मेवारी सम्हाल्न नसकेपछि राजीनामा दिएको उनले बताएकी छन् । आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले भनेकी छन्— ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’

जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने उनको भनाई छ ।

उनले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् ।

बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया सबै