३० असार २०८१, शनिबार Saturday 13 July, 2024

आजदेखि सातै प्रदेशमा सत्ता गठबन्धनको भेला

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । सत्ता गठबन्धनले सातै प्रदेशमा आजदेखि चुनाव लक्षित भेला गर्दैछ । गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।

आज पोखरामा भेला हुनेछ भने भेला ११ बजे हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे ।

प्रतिक्रिया सबै