६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

राजनीतिक स्थिरता बिना बिकास सम्भव छैन : प्रकाशमान सिंह

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रम उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको बताए । देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।

राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने उनले बताए । ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ’ उनले भने- ‘अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

प्रतिक्रिया सबै