१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

नेपाली युवती बनेर दिल्लीमा बसिरहेकी एक चिनियाँ युवती पक्राउ

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । नेपाली नागरिक बनेर भारतमा बसिरहेकी एक चिनियाँ युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

दिल्ली प्रहरीले चिनियाँ युवतीलाई फर्जी पहिचान र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको बताइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पक्राउ गरेकी युवतीको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी हुन् ।

पक्राउ परेकी युवती नेपाली नागरिक बनेर बसिरहेका बेला उत्तरी दिल्लीको मजनूका टिला क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

चेकजाँचका क्रममा युवतीको साथबाट नेपाली नागिरकताको प्रमाणपत्र फेला परेको छ, जसमा उनको नाम डोल्मा लामा लेखिएको छ ।

तर, विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयसँग बुझ्दा युवती चिनियाँ नागरिक रहेको र उनी सन् २०१९ मा भारत पुगेको खुलेको थियो । बीबीसी हिन्दीबाट

प्रतिक्रिया सबै