३ असार २०८१, आईतवार Sunday 16 June, 2024

युवालाई स्वदेशमै रोजगारी दिन पहल गर्छु : मानुषी यमी

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले रोजगारका लागि विदेश जान बाध्य नेपालीलाई स्वदेशमै रोजगारीको लागि पहल गर्ने बताएकी छन् ।

काठमाडौं क्षेत्र नं. ७ का गठबन्धनबाट उम्मेदवार बनेका उनले काठमाडौंमा आयोजित गठबन्धनको चुनावी कार्यक्रममा गठबन्धनले जनताको घरघरमा रहेको समस्या परिवर्तन गर्ने बताईन् ।

आफ्नो निर्वाचन क्षेत्रका युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउने आश्वासन दिईन् । ‘लोकतन्त्र र संविधानको रक्षा र प्रतिगमनको विरुद्ध बनेको गठबन्धनले जनताको घरघरमा अवस्थाको परिवर्तन ल्याउँछ । काठमाडौं ७ मा जुझारु युवाहरूलाई अगाडि सारेपछि देशभरि नै सकारात्मक सन्देश प्रवाह भएको छ’, उनले भनिन् ।

संविधानमा लेखिएका मौलिक हकलाई जनताको घरघरमा पुर्‍याउन आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ । ‘जनताको जीविकासँग सम्बन्धी घरघरमा उठेका चासोलाई हामी सम्बोधन गर्छौं । हामी यहाँका युवाहरुलाई स्वदेशमै रोजगारी गरेर आफ्नै परिवारसँग रहेर बाँच्न पाउने सुनिश्चित गराउँछौँ । काठमाडौंबासी भनेर निर्धक्का साथ हिँड्न सकेका छैनौँ । हामीले यहाँको आवाजलाई बुलन्द गर्नुपर्छ’, उनले भनिन् ।

उनले गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पत्र तयार पारेर घरघरमा पुर्‍याउने त्यसका लागि सुझाव माग्दै मानुषीले जनताको एजेण्डालाई कार्यान्वयन गर्न आफूले नेतृत्व गर्न लागेको बताईन् ।

प्रतिक्रिया सबै