३ असार २०८१, आईतवार Sunday 16 June, 2024

होटल र रेस्टुरेन्टहरुले सर्भिस चार्ज र भ्याट लिएमा उजुरी गर्न विभागको आग्रह (सूचना)

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । अबदेखि होटल र रेस्टुरेन्टहरूले मेनुमा सर्भिस चार्ज र भ्याट लिन नपाउने भएका छन् । अब ग्रहकहरुलाई १३ प्रतिशत भ्याट वा १० प्रतिशत सेवा शुल्क तिर्न बाध्य हुनुपर्ने छैन ।

यसअघि होटल तथा रेष्टुरेन्टहरुले विलको अन्त्यमा भ्याट र सेवा शुल्क थप्ने गरेका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीले त्यस्तो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले मेनुमा लेखेको बाहेक अतिरिक्त चार्ज लिएमा क्षतिपूर्ति भराउनुपर्ने अदालतको ठहर छ ।

मेनुमा समावेश नगरी ग्राहकसँग सर्भिस चार्ज र भ्याट थप लिएको भन्दै एक रिसोर्टविरुद्ध काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाएको थियो ।

उपभोक्ता अदालत अन्तर्गत काठमाडौं जिल्ला अदालतमा परेको रिट निवेदनमा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाउँदै मेनुमा भएको बाहेक बढी रकम लिएको भए फिर्ता गर्न र क्षतिपूर्तिसमेत भराउन आदेश दिएको थियो ।

यस्तो विभागको सुचना

प्रतिक्रिया सबै