९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

लजको कोठाभित्र क्यामेरा राखेर गोप्य भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर लजमा गोप्य भिडिओ रेकर्ड गरेको आरोपमा पक्राउ परेका छन् ।

लजका म्यानेजर ४२ को मुकेश मालीले सो लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडिओ रेकर्ड गर्ने गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा कात्तिक २ गते प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी उनको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारेको थियो ।

उनलाई मोबाइल फोनसहित तत्काल नियन्त्रणमा लिइएको हो । प्रहरीले उनको साथबाट अश्लिल भिडिओ रेकर्ड गरिएको आइफोन १२ प्रो म्याक्स बरामद पनि गरेको छ ।

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै