८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

किरात प्रदेश विरोधीलाई ‘नो भोट’ अभियान

 आइतवार, कार्तिक ६ २०७९  

काठमाडौं । देशमा यतिबेला पाँच बर्षको लागि कस्तो व्यक्तिलाई नेतृत्व दिने र नेता छान्ने भन्ने चर्चा र बहस जारी छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिध सभा निर्वाचनको लागि गाउँ-गाउँमा राजनीतिक दलका नेता कार्यकर्ता, स्वतन्त्रको नाममा समेत भोट माग्न उम्मेदवारहरु लर्को लागेका छन् ।

यसबीच आसन्न संसदीय निर्वाचनका लागि ‘नो भोट’ अभियान सुरु हुँदैछ । कुनै बेला पहिचानको आन्दोलन र जागरणको चर्का कुरा गर्ने अधिकांश नेता अहिले सत्ताशक्तिको रापतापमा छन् कि दलबदलमै व्यस्त ।

पछिल्लो समय त आदिवासी जनजातीजन्य संघसंठगनहरुमा पनि पहिचान विरोधी राजनीतिक दल र नेताका राजनीतिक खेलमा नेतृत्व चुन्ने गलत प्रवृत्ति बढ्दो छ । भने जसले पहिचानको आन्दोलन र चेतनाको बिगुल फुकेर नेतृत्व लिए उनीहरुले अहिले पहिचानविरोधी पार्टी र नेताहरुसँग साँठघाठ गर्न थालेपछि स्वतन्त्र पहिचान पक्षधरहरुले ‘नो भोट’ अभियान चलाउन सुरु गर्दैछन् ।

नेपालको प्राचिन किरात सभ्यताको जग पुनर्स्थापना गर्न, किरात प्रदेशको पहिचान र अस्तित्वको आन्दोलनको निमित्त शसक्त ढंगले अघि बढ्ने उदेश्यले किरात प्रदेश संघर्ष पूर्णकार्य समिति गठन गरिएको छ ।

चुनाव केन्द्रित रहेर किरात प्रदेश भरी नै किरात प्रदेश विरोधी राजनैतिक पार्टिहरु र किरात प्रदेश विरोधी पार्टिको उम्मेदवारहरुलाई ‘नो भोट’ अभियान चलाऊने निर्णय गरेको छ ।

यस्तै, दिर्घकालिन रुपमा किरात प्रदेशको आन्दोलन र विद्रोहको निमित्त शसक्त ढंगले अघि बढ्ने निर्णयसहित किरात प्रदेश संघर्ष समितीको पुर्ण कार्यसमिती गठन भएको हो ।

समितिको सल्लाहकारहरुमा मुलघरे कान्छा (राजेन खिम्बुले राई) र शालिक शतासक राई रहेका छन् । त्यस्तै समितिको अध्यक्षमा मिरा आठपहरिया राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा भोगिन्द्र चाम्लिङ राई र बीर बहादुर राई चयन भएका छन् भने महासचिव बिमल किराति, उप-महासचिव राम राई र कोषाध्यक्षमा नुमा राई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरू सन्जय याङ्बाङ, प्रेम चाम्लिङ राई, ईमान वाम्बुले राई, सुनाहाङ राई, सुक्रराज राई, राणा राकेश राई, डि.बि राई, नरेन्द्र बान्तावा राई, चन्द्र चाम्लिङ राई, युबराज किराँती, नबराज राई, दिपेश बायुङ राई, गुरास राईउ, प्रतीक राई, बिकल राई, निर्मल राई, जेकिन राई, बिज्ञान राई, पवन चाम्लिङ राई, आरती वात्पाङ राई, विश्व खुङ्छा राई, प्रमेस राई, सुबास राई, देउकला राई, बृन्दा राज राई, उङ्का हिम्साले राई, आरती राई, हरि चाम्लिङ राई र नबिन चाम्लिङ राई रहेका छन् ।

 

प्रतिक्रिया सबै