९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड-१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया सबै