३० असार २०८१, शनिबार Saturday 13 July, 2024

धुलिखेलमा मोबाइल पत्रकारिता तालिम सम्पन्न

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । धुलिखेलमा आवासीय मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा कात्तिक १ गतेबाट आयोजित आवासीय मोबाइल पत्रकारिता तालिम सम्पन्न शनिबार सम्पन्न भएको हो ।

वाग्मती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको उक्त तालिममा २० जाना पत्रकारहरु सहभागी थिए ।

हात-हातमा हुने मोबाइललाई ‘मोबाइल पत्रकारिता’मा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने उदेशयले तालिम केन्द्रित थियो । सो क्रममा पत्रकारहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

प्रशिक्षकहरु विकास कार्की र श्रुति श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिमका दौरान मोबाइल डिभाइसलाई फोटो तथा भिडियो लिने र त्यसलाई अनलाइन तथा टेलिभिजन पत्रकारितामा उपयोग गर्नेबारे सिकाइएको थियो थियो ।

कार्यक्रममा ए.पि.वान टेलिभिजनका पत्रकार मनोज जोशिले टेलिभिजनमा समाचार कसरी प्रशारण गरिन्छ ? समाचार कस्तो हुनुपर्छ जस्ता कुराहरुलाई प्रष्ट पारेका थिए । रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटा र पत्रकार जोशिले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया सबै