९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एमालेले गरेको गठबन्धन अपवित्र: बाबुराम भट्टराई

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुको गठबन्धन पवित्र र एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् ।

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा उनले ‘लडेर ल्याएको लोकतन्त्रको रक्षा गरेर छोटो अवधिमा देशलाई सुशासन र समृद्धिको दिशामा लिएर जानु यो गठबन्धनको उद्देश्य हो । त्यसकारण यो गठबन्धनको युगको एउटा आवश्यक्ता हो’, उनले भने ।

अहिलेको गठबन्धन युगको एउटा आवश्यक्ता भएको टिप्पणी गर्दै उनले देशभित्र प्रमुख दलहरुबीच समझदारी बनाउन सकेन भनेर द्वन्द्धमा पर्नसक्ने बताए । ‘गठबन्धनको मुख्य कुरा भनेको हामीले छिमेकीसँग समन्वय गरेर सम्बन्ध बनाउने हो’ उनले भने ।

समावेशी लोकतन्त्रको अभ्यास गरेको भन्दै यसको रक्षा गर्नपर्ने उनको भनाई छ । ‘हामीले चाहने भनेको सु–शासन कायम राख्ने हो । भ्रष्टाचार जति भइरहेका छन्, त्यसमा केही व्यक्ति विशेषको समस्या हुन सक्छ, तर हामीले हाम्रा संस्थाहरु बलियो बनाउन सकेको छैन’, उनले भने ।

प्रतिक्रिया सबै