९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

केपी ओली आफैँ समाप्त हुन्छन् : माधव नेपाल

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने दाबी गरेका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले पवित्र उद्देश्यका साथ बनेको गठबन्धनले मंसिर ४ को निर्वाचनमा ओलीलाई जनताले जवाफ दिने बताए ।

‘हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ । ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए । जनताले राम्रो कामका लागि मौका दिएका थिए । तर, जनताको विश्वासको कदर भएन । लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम भयो । संघीयतालाई समाप्त पार्ने आशंका भयो । उपलब्धि नै धरापमा पर्‍यो’, उनले भने ।

व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति देखा परेको उनको भनाई छ । ‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन । उनले आफूलाई एक मात्रै ज्ञान भएको व्यक्ति ठान्छ’, उनले भने- ‘त्यस्तो व्यक्ति केही समयमा आफै समाप्त हुन्छ। हिटलरको शैलीमा ।’

प्रतिक्रिया सबै