३० असार २०८१, शनिबार Saturday 13 July, 2024

‘मलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन’

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन आफूलाई प्रधानमन्त्री बनाउनका लागि नबनेको स्पष्ट पारेका छन् ।

गठबन्धनले सोमबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने- ‘यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन् । अहिलेको आवश्यक्ता हो । मुलुकको आवश्यक्ता हो । यो गठबन्धनको अपरिहार्यता हिजो पनि थियो, छ र रहनेछ ।’

भोलिका दिनमा सबै दलहरुले गठबन्धनलाई समर्थन र साथ दिएर अघि बढ्ने विश्वास व्यक्त गरे । ‘हामी महत्वपूर्ण मोडमा आएका छौं। अहिले गठबन्धन के का लागि ? भन्ने कुरा माओवादी अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ । धेरै ठूलो लडाईंपछि प्राप्त भएको लोकतन्त्र, समावेशीतालाई रक्षा गर्नका लागि बनेको हो । समावेशी संविधान छ’, उनले भने ।

प्रतिक्रिया सबै