छोराको उमेरका केटासँग ‘लभ’ !
सोमवार, कार्तिक ७ २०७९
काठमाडौं । अमेरिकाका २५ वर्षीय एलेक्ससँग ४८ वर्षीया रशेलले प्रेम गरेकी छन् । रशेलका जेठा छोरा २३ वर्ष र कान्छा १९ वर्षका छ्न ।
सामाजिक सञ्जाल यूट्युबमा छोराको उमेरका केटासँग महिलाले ‘लभ’ गरेको घटना उल्लेख गरिएको एउटा भिडियो भाइरल छ ।
रशेल शिक्षिका हुन् । स्कूलमा अभिभावकले रशेल र एलेक्सलाई सँगसँगै देख्दा झुक्किएर आमा–छोरा भन्ने गरेका छन् तर दुवै प्रेमी–प्रेमिका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै सन् २०२० मा एकअर्कासँग परिचित भएका हुन् । त्यतिबेला रशेलले पतिसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । च्याटमा कुरा गर्दैगर्दा एलेक्सको उमेर सुनेर रशेल निराश भएकी थिइन्, किनकि उमेरको अन्तर धेरै थियो तर पछि कुरा गर्दै जाँदा दुवै प्रेममा सहमत भएका थिए ।
रशेल र एलेक्स आपसमा सहमत भए पनि विद्यार्थीहरूले दुवैको जोडीलाई भाइरल बनाएका थिए । एजेन्सी
प्रतिक्रिया
सबै