२५ जेष्ठ २०८१, शुक्रबार Friday 7 June, 2024

पहिरनकै कारण अफिसले घर फिर्ता गरेपछि टिकटकमा भाइरल !

 मङ्लबार, कार्तिक ८ २०७९  

काठमाडौं । एक महिलाले आफ्नो पहिरनकै कारण अफिसबाट घर पठाइएको बताएकी छन् । ती महिलाले भिडियो बनाएर पूरै घटना सुनाएपछि भाइरल भएको छ ।

भिडियो शेयर गर्दै धेरैले भनेका छन्- ‘उनी सुन्दर र व्यावसायिक देखिन्छन् ।’ ती महिलाले टिकटकमा खुला खालको टप लगाएको भिडियो पोस्ट गरेर मानिसहरूसँग उनीहरूको राय सोधेकी छन् ।

टिकटकमा भिडियो सेयर गर्दै ती महिलाले प्रयोगकर्ताहरूलाई कम्पनीको यो कारबाहीपछि जागिर छोड्ने कि के गर्ने भनेर पनि सोधेकी छन् । उनको पहिरनमा कम्पनीले के खोट देखाएको हो भन्ने खुलेको छैन ।

भिडियो पोस्ट गर्दै महिलाले लेखेकी छन्- ‘के मैले जागिर छोड्नु पर्छ ? टिकटकमा महिलाको भिडियो हेरेपछि धेरैले आफ्नो राय पनि दिएका छन् ।

टिकटकमा महिलाको भिडियो हेरेपछि धेरैले आफ्नो राय पनि दिएका छन् । उनीहरूले पहिरनकै कारण महिलालाई घर पठाउन नहुने राय व्यक्त गरेका छन् ।

प्रतिक्रिया सबै