१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एमसीसीमाथि नेपालको जित

 शुक्रबार, कार्तिक ११ २०७९  

काठमाडौं । नेपाल भ्रमणमा रहेको बेलायतको एमसीसीको महिला क्रिकेट टोलीमाथि नेपाली महिला टोलीले २१ रनले जितेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा नेपालले दिएको एक सय रनको लक्ष्य पछ्याएको एमसीसी ७८ रनले जितेको हको ।

शुक्रबार पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९९ रन बनाए । नेपालका लागि नेरी थापाले १८, सम्झना खड्का र कविता कुँवरले समान १७ रन बनाए ।

त्यस्तै, सुमन खतिवडाले १६ रन बनाइन्। सीता रानामगरले १० रनको पाली खेलिन्। अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्।

एमसीसीको लागि राचेल पोटरले ३ तथा रिया रभाल तथा अमन्दा पोटगिएटरले २/२ विकेट लिए । रुबिना क्षेत्रीले पाँच विकेट हात पारिन् । उनले ४ विकेट लगातार चार बलमा लिएकी थिइन्। चारै बलमा उनले बोल्ड गर्दै विकेट लिएकी थिईन् ।

एमसीसीका लागि एलिसा हुबार्डल अविजित २० रन बनाइन् । त्यस्तै अबि ह्वाइब्रोले १९ रन बनाइन् भने जेनी किटजिंगरले १४ रनको पाली खेलिन् ।

प्रतिक्रिया सबै