९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बक्स अफिसमा दयाहाङको ह्याट्रिक

 शनिबार, कार्तिक १२ २०७९  

काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राईले बक्स अफिसमा ह्याट्रिक गरेका छन् । यो वर्ष दयाहाङले अभिनय गरेका तीन वटा फिल्म बक्स अफिसमा सफल भएका छन् ।

कार्तिकको ४ गतेबाट रिलिज भएको फिल्म ‘के घर के डेरा’ले सुखद व्यापार गरेसँगै मुख्य अभिनेता राईले बक्स अफिसमा ह्याट्रिक गरेका हुन् । उनले अभिनय गरेको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड नै बनाईसकेको छ । फिल्मको व्यापार २२ करोड ग्रस रहेको छ ।

त्यस्तै, दयाहाङ अभिनीत अर्को फिल्म ‘२ नम्बरी’ पनि बक्स अफिसमा हिट भयो । यो फिल्मले पनि नाफा कमाएपछि दयाहाङप्रति दर्शकको विश्वास अझै उस्तै रहेको प्रमाणित हुन्छ ।

त्यस्ते, फिल्म ‘के घर के डेरा’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । पहिलो साता सुखद रहेको फिल्मको व्यापार दोस्रो साताको शुक्रवार पनि राम्रो कमाई गरिरहेको छ । दयाका तिन फिल्म यो वर्ष हिट भएका छन् ।

यस्तै, दया अभिनीत अर्को फिल्म ‘फूलबारी’ फागुनको ५ गतेबाट रिलिज हुँदै छ । यो फिल्म पनि बक्स अफिसमा चम्कने विश्लेषण धेरैको छ । यो वर्ष चलचित्रमा दयाहाङमय हुनेछ ।

स्टारडमबिनाका स्टार दयाहाङ चलचित्रबाहिर पनि हिरोइज्म देखउँदैनन् । एउटा चलचित्र हिट हुनासाथ बडीगार्डहरु अघिपछि लगाएर हिँड्नेहरूको इन्डष्ट्रीभित्र उनी नितान्त फरक छन् । उनी चिल्लो कारमा होइन, सडकमा लुखुरलुखुर एक्लै हिँड्न रुचाउँछन् ।

दयाहाङ आफ्नै संघर्षको बलमा यहाँसम्म आइपुगेका कलाकार हुन् । नाटकघरदेखि मल्टिप्लेक्ससम्म उनले गरेको सकसपूर्ण संघर्षको कहालीलाग्दो छ ।

अब दयाहाङको डिमान्ड झन् बढ्ने निश्चित छ । अब दयाले फिल्म खेल्दा छनोटमा पक्कै सचेतना अपनाउनुपर्नेछ । अभिनय र भूमिकामा त दर्शकलाई नयाँपन दिनुपर्ने हृुन्छ ।

प्रतिक्रिया सबै