३० असार २०८१, शनिबार Saturday 13 July, 2024

अबको प्रधानमन्त्री प्रचण्ड हो : बाबुराम भट्टराई

 आइतवार, कार्तिक १३ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको प्रधानमन्त्री बन्ने बताएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पुगेका भट्टराईले गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने उनको भनाई थियो । ‘प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो । अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो’, उनले भने ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु’, उनले भने ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको बताए । प्रदेशसभामा कांग्रसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनको भनाई छ । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको उनले बताए । माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।

प्रतिक्रिया सबै