१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

डेंगी संक्रमणबाट ५३ जनाको मृत्यु

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । नेपालमा यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३ हजार ४४४ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ३ हजार ९६७ र ललितपुरमा ९ हजार २९५ जना संक्रमित भएका छन् ।

७७ वटै जिल्लामा संक्रमण फैलिएको र अक्टोबरका २७ दिनमा १४ हजार २९१ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया सबै