३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

यस्तो छ एकीकृत समाजवादीको घोषणापत्र (पूर्णपाठ)

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका महासचिव डा. बेदुराम भुसालसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रुपान्तरण समृद्धिको आधार’ मूल नारासहित घोषणापत्र सार्वजनिक गरिएको छ ।

एकीकृत समाजवादीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ । ‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ ।

एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने जनाएको छ । ‘भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढप्रतिज्ञा छ । हामी यी प्रतिज्ञामा सधै अडिग रहने छौँ।’

समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ ।

‘हामी वर्तमान नेपाली समाजमा व्यापक रूपले आर्थिक-सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादका आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ । द्रुततर आर्थिक विकाससहितको समृद्धिको यात्राबाट अगाडि बढेर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । यसलागि पनि हामीलाई जनताको साथ अवश्य प्राप्त हुनेछ,’ घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ घोषापत्रको पूर्णपाठ

प्रतिक्रिया सबै