३ असार २०८१, आईतवार Sunday 16 June, 2024

एकीकृत समाजवादीले भन्यो- ओलीका कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भयो (पूर्णपाठ)

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ ।

एकीकृत समाजवादीले ओलीको आलोचना गर्दै घोषणापत्र सार्वजनिक गरेको हाृे । सोमबार पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा सो दलको घोषणापत्रमा ओलीले दक्षिणपन्थी अवसरवादको कारण यस्तो भएको उल्लेख छ । सो घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम गरेको जनाएको छ ।

‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो’, घोषणापत्रमा भनिएको छ ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

प्रतिक्रिया सबै